गृहमा लेखक र परराष्ट्रमा आरजू पक्का, अरु को-को बन्दैछन् कांग्रेसबाट मन्त्री ? 

एमाले तीव्र छलफलमा

नेपालभ्युज

गृहमा लेखक र परराष्ट्रमा आरजू पक्का, अरु को-को बन्दैछन् कांग्रेसबाट मन्त्री ? 

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

त्यसपछि सोमबार प्रधानमन्त्री ओलीसँगै कम्तिमा १० मन्त्रीले शपथ ग्रहण गर्ने बताइएको छ ।

मन्त्रालय बाँडफाँटमा भने कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय सम्हाल्ने लगभग सहमति भइसकेको छ । कांग्रेसका एक नेताले नेपालभ्युजसँग भने, “हामीले गृहसहित ९ पाउने र एमालेले अर्थसहित ८ पाउने भन्ने कुरा छ ।”

अहिलेसम्मको सहमतिअनुसार एमालेको भागमा अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग मन्त्रालय परेको छ भने कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ ।

यसमा एमालेले क-कसलाई सरकारमा पठाउने भनेर छलफल गरिरहेको छ । उसले’एक्सनओरिन्टेड’, पहिले अवसर नपाएका र युवालाई पठाउने रणनीति अपनाएको छ ।

कांग्रेसले भने दुई मन्त्रालय गृह र परराष्ट्रमा कसलाई पठाउने भन्नेबारे टुङ्ग्याइसकेको ती कांग्रेस नेताले दाबी गरे । उनका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अहिले प्रमुख सचेतक रहेका रमेश लेखकले सम्हाल्नेछन् ।

यस्तै परराष्ट्र मन्त्रालयमा आरजू राणा देउवा जानेछिन् । कांग्रेसबाट यसबाहेक प्रकाशमान सिंह, जीवन परियार, प्रदीप पौडेललगायत मन्त्री बन्ने ती नेताको आकलन छ ।

यता एमालेबाट भने विष्णुप्रसाद पौडेल, योगेशकुमार भट्टराई, पृथ्वीसुब्बा गुरु, महेशकुमार बर्तौला, सुनिता बराल, सुहाङ नेम्वाङलगायतको नाम चर्चामा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved