उपचुनावमा मोदीलाई धक्का, १३ मध्ये १० सिटमा भारत गठबन्धन विजयी

नेपालभ्युज

उपचुनावमा मोदीलाई धक्का, १३ मध्ये १० सिटमा भारत गठबन्धन विजयी

काठमाडौं । भारतको सात राज्यमा १३ विधानसभा सिटका लागि जुलाई १० मा भएको उपचुनावको नतिजा आएको छ ।

जसमा भारत गठबन्धनले १० सिट जितेको छ भने भाजपा नेतृत्वको एनडीएले मात्र दुई सिट जितेको छ । एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

भारतीय गठबन्धनमा कांग्रेसले चार सिटमा जितको झण्डा फहराएको छ भने तृणमूल कांग्रेसले चार सिट, डीएमके र आम आदमी पार्टीले एक-एक सिट जितेको छ ।

उपचुनावमा हिमाचल प्रदेशको देहरा सिटबाट प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुकी पत्नी कांग्रेस उम्मेदवार कमलेश ठाकुर विजयी भएकी छन् ।

हिमाचलको नालागढ विधानसभा सीटबाट कांग्रेसका हरदीप सिंह बावा विजयी भएका छन् ।

सन् २०२२ मा भएको विधानसभा चुनावमा हिमाचलका यी तीन सिटमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए । उनले राजीनामा दिएपछि यी सिट खाली भएका हुन् ।

पश्चिम बंगालका चारै सिट तृणमूल कांग्रेसले जितेको छ भने बिहारको रुपौली सिट स्वतन्त्र उम्मेदवार शंकर सिंहको हातमा पुगेको छ ।

तमिलनाडुको विक्रवन्दी सिटमा डीएमकेका अन्नियुर सिवा १ लाख २४ हजार मतले विजयी भएका छन् ।

उत्तराखण्डको मङ्गलोर सिटबाट बसपा विधायक सरवत करीम अन्सारीको निधन भएपछि यो सिट खाली भएको थियो ।

बद्रीनाथ सिटका कांग्रेस विधायक राजेन्द्र भण्डारी भाजपामा प्रवेश गरेपछि यो सिट खाली भएको थियो ।

निर्वाचन आयोगका अनुसार बद्रीनाथबाट कांग्रेसका लखपत सिंह बुटोला विजयी भएका छन् । दोस्रो स्थानमा भाजपाका राजेन्द्रसिंह भण्डारी रहेका छन् ।

पञ्जाबको जलन्धर पश्चिम सीटमा आम आदमी पार्टीका मोहिन्दर भगतले भाजपाकी शीतल अंगुराललाई ३७ हजारभन्दा बढी मतले पराजित गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved