यी हुन् घुम्नका लागि सबैभन्दा सस्तो र महँगो देश

नेपालभ्युज

यी हुन् घुम्नका लागि सबैभन्दा सस्तो र महँगो देश

काठमाडौं । विश्वको सबैभन्दा महँगो र सबैभन्दा सस्तो देशहरु कुन-कुन होला ? भन्ने हरेक मानिसलाई जिज्ञासा हुन्छ । विशेषगरी जो व्यक्तिमा विदेश घुम्न इच्छा, चाहना हुन्छ ।

‘एक्सपाट इनसाइडर २०२४’ले हालै एक प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा घुम्नका लागि महँगो र सबैभन्दा सस्तो देश उल्लेख गरिएको छ ।

जसमा लगातार चौथो वर्ष पनि भियतनाम आप्रवासीका लागि विश्वको सबैभन्दा सस्तो देश बनेको छ । ५३ देशहरूको सूचीमा व्यक्तिगत खर्चको हिसाबले भियतनाम शीर्ष स्थानमा रहेको अध्ययनले देखाएको छ ।

यस्तै, वित्तीय स्थिति र खर्चयोग्य आम्दानी धेरै भएपनि महँगो रहने देशमा क्यानडा पहिला स्थानमा रहेको छ ।

अध्ययनमा विश्वका १७४ देशका १२ हजार भन्दा धेरै आप्रवासीहरू सहभागी भएका थिए ।

सस्तो देश

  • भियतनाम
  • कोलम्बिया
  • इन्डोनेसिया
  • पानामा
  • फिलिपिन्स
  • भारत
  • मेक्सिको
  • थाइल्यान्ड
  • ब्राजिल
  • चीन

महँगो देश

  • क्यानडा
  • फिनल्यान्ड
  • अमेरिका
  • आयरल्यान्ड
  • नर्वे
  • सिंगापुर
  • न्यू जिल्यान्ड
  • बहराइन
  • टर्की
  • कुवेत

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved