दक्षिणकालीमा गुम्बाको पर्खाल भत्किँदा एक बालिकाको मृत्यु

नेपालभ्युज

काठमाडौं । दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न चार बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए ।

घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको उनले बताए । मृतकको पहिचान हुन सकेको छैन ।

घटनाबारे जानकारी पाएलगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरेको थियो । घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved