प्रचण्डको प्रश्न : नियत सफा भए मध्यरातमा बन्द कोठाभित्र सम्झौता हुन्छ ?

नेपालभ्युज

प्रचण्डको प्रश्न : नियत सफा भए मध्यरातमा बन्द कोठाभित्र सम्झौता हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको डरले नेकपा एमाले र नेपाली कांग्रेसलाई जोडेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।

‘सुशासनको डरले एमाले-कांग्रेसलाई जोड्यो, यो प्रतिगमनको यात्रा हो, लोकतान्त्रिक देशमा पहिलो र दोस्रो पार्टी मिल्दैन । अमेरिका, बेलायत, भारतको उदाहरण हेर्नुस् ।’ उनले भने ।

उनले नियत सफा भए बन्द कोठामा मध्यरातमा सम्झौता हुन्छ ? भन्दै प्रश्नसमेत गरे । ‘कुन समयमा कस्तो दलसँग ? कस्तो व्यापारीको घरमा सम्झौता भएको हो ? जनताले बुझेका छन् ।’ उनले भने,‘नियत सफा भए बन्द कोठामा मध्यरातमा सम्झौता हुन्छ ?’

यो सरकार राष्ट्रिय सहमतिको सरकार हुन नसक्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved