चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड सिमलतालमा गएराति ठूला पहिरो खसेका कारण सवारी अवरुद्ध छन् ।
तत्काल सडक खुल्ने अवस्था छैन । काठमाडौंबाट चितवनतर्फजान प्रतीक्षारत दजैनौँ सवारी लाइनमा छन् । चितवनबाट काठमाडौँतर्फ आउने पनि उत्तिकै छन् ।
सिमलतालको पहिरोले दुई यात्रुबहाक बस बगाएको थियो । त्यो ठाउँमा पहिलो खुलाउने प्रयास भइरहेको छ ।
पहिरोका कारण झन्डै तीन किमी दुरीसम्म सवारी साधनको लाइन लागेको छ । सवारी साधनको लाइनमा दुई दर्जनबढी बिहेका गाडी पनि जाममा परेका छन् ।
असार २७, २८, ३० र ३१ गते बिहेको लगन छ । लगन छोपेर बिहे गर्नेहरू धेरै हुने गर्छन् । तर आज असारको पहिलो लगनकै दिन पहिरो आएपछि बिहेको गाडी पनि समस्यामा परेका हुन् ।
नारायणगढ–मुग्लिन सडक भएर यात्रा गरेका बिहेका जन्तीहरू पहिरोका कारण जाममा परेका हुन् ।
नारायणगढ–मुग्लिन पहिरोमा रोकिए दुई दर्जनबढी बिहेको गाडी, बेहुला जाममै अड्किए बेहुली जग्गेमा पर्खँदै
Facebook Comment
Comment