पहिरोमा बगेको बसका यात्रुको खोज तथा उद्दारमा खटिन मातहतलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

नेपालभ्युज

पहिरोमा बगेको बसका यात्रुको खोज तथा उद्दारमा खटिन मातहतलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईवटा बस त्रिशूली नदीले बगाउदा ५ दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

ठूलो संख्यामा यात्रु बेपत्ता भएको खबरले आफु मर्माहत भएको भन्दै प्रचण्डले खोज तथा उद्दारमा खटिन निर्देशन दिएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोका कारण दुईवटा बस त्रिशूलीमा डुब्दा झण्डै ६० यात्रु बेपत्ता भएका छन् ।

प्रचण्डले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भइरहेको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved