विद्यार्थी राजनीतिको घटनाक्रम बोकेको ‘निब’ (तस्वीरहरू)

विद्यार्थी राजनीतिको घटनाक्रम बोकेको ‘निब’ (तस्वीरहरू)

काठमाडौं । विद्यार्थी राजनीतिमा भएका राम्रो कुराहरूलाई निरन्तरता दिनुपर्छ र नराम्रो कुराहरूलाई जरा देखि नै उखेलेर फाल्नुपर्छ भन्ने कथावस्तुलाई आधार बनाई तयार पारिएको नाटक ‘निब’ मण्डला थिएटरमा मञ्चन भएको छ ।

मण्डला ड्रामा स्कुलको दोस्रो ब्याच र ल्याब चौधको विद्यार्थीहरुको अन्तिम प्रोजेक्टको रुपमा तयार पारिएको यो नाटक असार २७ गते दिउँसो २ बजे र साँझ ६ बजे मञ्चन गर्न लागिएको हो ।

यस नाटकलाई कपासेली ठिटोको निर्माण व्यवस्थापनमा गणेश प्रसाद पौडेलले लेखन र विशाल कुमार केसीले निर्देशन गरेका छन् ।

नाटकमा कलाकारहरु विशाल भण्डारी, सर्जिका अछामी, सुदीप मगर, युगल श्रेष्ठ, प्रेमा गुरुङ, आदित्य ठाकुर, भुवन भट्टराई, सन्तोष बानियाँ, मिसाल लिम्बू, सार्थक भेटवाल, रोहित साह, दिलीप सिंह, समिर माली, मेनाल्ड लामिछाने र पवन के तामाङको अभिनय रहेको छ ।

तस्वीरहरु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved