गृहमन्त्री र गृहसचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब दिने कर्मचारी पक्राउ

नेपालभ्युज

गृहमन्त्री र गृहसचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब दिने कर्मचारी पक्राउ

काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी पक्राउ परेका छन् ।

निर्मल विष्टलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिए ।

उनले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई फोन गरेर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गरेका थिए ।

असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर अध्यागमनका अधिकृत पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए । उनले गृहमा यसबारे रिपोर्ट गरेपछि दबाब दिने व्यक्ति गृहमन्त्रालयकै रहेको खुलेको हो ।

बुधबार मात्र उनलाई सेवाबाट हटाइएको थियो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved