समलिंगी विवाह अपराध मानिने देशमा राष्ट्रपतिकी छोरीले विद्रोह गरेपछि..

नेपालभ्युज

समलिंगी विवाह अपराध मानिने देशमा राष्ट्रपतिकी छोरीले विद्रोह गरेपछि..

एजेन्सी । समलिंगी विवाह अहिले पनि धेरै देशमा गैरकानुनी छ । त्यस्तैमध्ये एउटा अफ्रिकी देश क्यामरुन पनि हो । यहाँ समलिंगी विवाह गर्नुलाई अपराध मानिन्छ र, पाँच वर्षसम्मको सजाय हुन सक्छ ।

तर, त्यही क्यामरुनका राष्ट्रपतिकी छोरीले खुलेआम कानुन तोडेर एक युवतीलाई चुम्बन गरेपछि हलचल मच्चिएको छ । उनले तस्वीर पनि सामाजिक सञ्जालमा शेयर गर्दै, ‘म उप्रति प्रतिवद्ध छु ।’ लेखेकी छन् । साथमा उनको एउटै माग छ, सरकारले कानुन तुरुन्त परिवर्तन गरोस् ।

२७ वर्षीया ब्रेंडा बियाले अघिल्लो सप्ताह इन्स्टाग्राममा आफ्नी केटी प्रेमी तथा ब्राजिलियन मोडेल लेयोन्स वालेन्सालाई चुम्बन गर्दै एउटा तस्वीर पोस्ट गरेकी थिइन् । जसमा लेखेकी थिइन्, “म तिम्रो हुँ र म चाहन्छु कि पूरा दुनियाँलाई यो कुरा थाहा होस् ।”

उनले मिडियासँग कुरा गर्दै, आफूले यसबारेमा पहिला परिवारका कोही पनि सदस्यलाई जानकारी नदिएको समेत बताइन् । साथमा उनले आफू जस्ता समलिंगी धेरै भएको र उनीहरुको पनि देशको कानुन बदल्नुपर्ने चाहना रहेको बताइन ।

ब्रेंडा बिया क्यामरुनका राष्ट्रपति पोल बियाकी छोरी हुन्, जो सन् १९८२ देखि निरन्तर सत्तामा छन् । उनी अफ्रिकाको सबैभन्दा लामो समयसम्म राष्ट्रपति हुनेमध्ये एक हुन् । पोल बिया ९१ वर्षका भइसकेका छन् तर अहिले पनि उनको लोकप्रियतामा कुनै कमी आएको छैन ।

ब्रेंडा बियाको दाबी छ कि समलैगिंक विरुद्धको कानून उनका बुवा सत्तामा जानुअघिदेखि हो । त्यसैले उनले यस कानुनका लागि आफ्ना बुवालाई दोष दिन नसक्ने बताइन् । आफू यसरी खुला हुँदा मानिसको सोंच परिवर्तन हुने उनको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved