प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्वीप जारी

नेपालभ्युज

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्वीप जारी
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै अनिवार्य उपस्थित भई विश्वास मतको विपक्षमा मतदान गर्न भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेस र एमालेबीत गत असार १७ गते नयाँ समीकरण बनाएर सरकार गठनको सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको थियो । सोहीकारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved