बालुवाटारमा समाजवादी मोर्चा पुनर्गठनबारे छलफल

नेपालभ्युज

बालुवाटारमा समाजवादी मोर्चा पुनर्गठनबारे छलफल

काठमाडौं । समाजवादी मोर्चा पुनर्गठनबारे नेताहरुबीच छलफल भएको छ  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूबिच मोर्चा पुनर्गठनबारे प्रारम्भिक छलफल भएको हो ।

बुधबार साँझ भएको  छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको र अन्य नेताहरूले आफ्ना धारणा राखेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा पछिल्लो  राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्रीले ब्रिफिङ गरेपछि अन्य नेताहरूले पनि धारणा राखेको उनले बताए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved