नागरिक उन्मुक्तिले फिर्ता लियो सरकारलाई दिएको समर्थन

विश्वासको मत पनि नदिने

नेपालभ्युज

नागरिक उन्मुक्तिले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए ।

साथै, बैठकले विश्वासको मत पनि नदिने निर्णय गरेको छ । संघीय संसद्‌मा नाउपाका चार सांसद छन् ।

यसअघि नेकपा एमालेले पनि प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको थियो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिदैँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved