नेपाल श्रीलंकन टोलीसँग दोस्रो खेलमा पनि पराजित

नेपालभ्युज

नेपाल श्रीलंकन टोलीसँग दोस्रो खेलमा पनि पराजित

काठमाडौं । नेपाल श्रीलंका विकास बोर्डको महिला टोलीविरुद्धसँगको दोस्रो टी–२० खेलमा पनि पराजित भएको छ ।

बुधवार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य घरेलु टोलीले ६ विकेट गुमाएर भेट्टाएको थियो ।

मंगलबार भएको पहिलो खेलमा नेपाल ३३ रनले हारेको थियो ।

जुलाई १९ देखि श्रीलंकामा आयोजना हुने एसिया कपअगाडि नेपालले श्रीलंकन टोलीविरुद्ध ३ अभ्यास खेल खेलिरहेको छ । अब अन्तिम खेल जुलाईं १६ मा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved