डुम्रे-बेँसीसहर सडक खुल्यो

नेपालभ्युज

डुम्रे-बेँसीसहर सडक खुल्यो
फाइल फोटो

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ ।

मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर आज बिहानदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

उक्त सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्रुहरु प्रभावित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved