रास्वपालक्षित विश्वप्रकाशको टिप्पणी – सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

नेपालभ्युज

रास्वपालक्षित विश्वप्रकाशको टिप्पणी – सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै आफ्नो पार्टीमा सत्य बोल्दा कसैले कारबाही भोग्नुनपर्ने बताएका छन् ।

‘कांग्रेस राम्रोसँग चलेको छैन,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ। यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दैन।’

पार्टी नेतृत्वको आलोचना गर्दै समीक्षा प्रतिवेदन तयार गरेको आधारमा रास्वपाले महामन्त्री मुकुल ढकाललाई पदीय जिम्मेवारीबाट हटाएको थियो ।

सोहीतर्फ लक्षित गर्दै शर्माले प्रश्न, आलोचना र विरोध सहज ग्रहण गर्नुपर्ने बताए । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म कांग्रेस जीवन्त छ र रहिरहनेछ, रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ’ उनले लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved