कैलालीमा अचेत भेटिएका दुई पुरुषको मृत्यु

नेपालभ्युज

कैलालीमा अचेत भेटिएका दुई पुरुषको मृत्यु
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु भएको छ ।

छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका दुई पुरुषको मृत्यु भएको हो । लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का मृतकको भने परिचय खुल्न सकेको छैन ।

विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेकोमा इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्का मृतक लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा अचेत अवस्थामा फेला परेका थिए । उनको परिचय खोज्ने काम भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved