मौसम विभागले भन्यो- सोमबार कञ्चनपुरमा नेपालको इतिहासमै ठूलो वर्षा भयो

नेपालभ्युज

मौसम विभागले भन्यो- सोमबार कञ्चनपुरमा नेपालको इतिहासमै ठूलो वर्षा भयो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष कञ्चनपुरमा नेपालको इतिहासमै ठूलो वर्षा भएको जनाएको छ ।

कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुरमा असार २४ गते बिहान मापन गरिएको वर्षाले अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको विभागले जनाएको छ ।

विभागले भनेको छ, ‘मिति २०८१/०३/२४ गते बिहान ८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्यांकअनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि. (मिलिमिटर), हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको थियो ।’

सूचनामा थप भनिएको छ, ‘मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो । यसअघि मिति २०७४/०४/२९ गते (सन् २०१७ अगस्ट १३) हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भूसंरक्षण विभागको तथ्यांकअनुसार मिति २०५०/०४/०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ वर्षा केन्द्रमा ५४०० मि.मि. वर्षा मापन गरिएको थियो।’

पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रही अरब सागर तथा बंगालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved