आईसीसीको अध्यक्ष बन्न बीसीसीआईको सचिवबाट राजीनामा दिँदै शाह !

नेपालभ्युज

आईसीसीको अध्यक्ष बन्न बीसीसीआईको सचिवबाट राजीनामा दिँदै शाह !

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले पदबाट राजीनामा दिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्ष पदमा चुनाव लड्न उनले राजीनामा दिन लागेका हुन् ।

आईसीसीको निर्वाचन आगामी नोभेम्बरमा हुँदैछ । वार्षिक साधारणसभा यसै महिना श्रीलंकाको कोलम्बोमा हुनेछ ।

वार्षिक साधारण सभाको एजेन्डामा अध्यक्ष पदको निर्वाचनलाई भने समेटिएको छैन । तर, यसबारे छलफल हुनसक्ने अनुमान गरिएको छ ।

यदि चुनाव भएर शाह आईसीसीको अध्यक्षमा निर्वाचित भए उनी हालसम्मकै सबैभन्दा कम उमेरका अध्यक्ष बन्नेछन् ।

हाल आईसीसीको अध्यक्ष न्युजिल्यान्डका ग्रेड बार्क छन् ।

शाह सन् २०१९ मा बीसीसीआईको सचिव बनेका थिए । तर, शाह र बीसीसीआईले भने आधिकारिक रूपमा यस विषयमा केही नबताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved