वैवाहिक सम्बन्धप्रति बनेको सामाजिक धारणामा अल्झिएकी ‘राधा’ (तस्वीरहरू)

वैवाहिक सम्बन्धप्रति बनेको सामाजिक धारणामा अल्झिएकी ‘राधा’ (तस्वीरहरू)

काठमाडौं । मण्डला थिएटरमा असार २५ गते मंगलबारदेखि असार २९ गतेसम्म मण्डला ड्रामा स्कुलको दोस्रो ब्याच र ल्याब चौधको प्रस्तुतिमा चार वटा नाटकहरु मञ्चन हुँदैछन् ।

जसमा पहिलो दिन नाटक ‘राधा’ मञ्चन गरिएको छ ।

नाटक राधामा वैवाहिक सम्बन्धप्रति बनेको सामाजिक धारणामा अल्झिएर आत्मनिर्णयको अधिकारको लागि विभिन्न समय र पृष्ठभूमिमा महिलाहरूको भोगाइ, अनुभव र विचारलाई प्रस्तुत गरिएको छ ।

सुमित्रा बोगटीको लेखन र तुलसी परियारको निर्देशनमा तयार भएको नाटक ‘राधा’मा गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त मुख्य भूमिकामा देखिएकी छन् । यो उनको डेब्यू नाटक हो ।

आरती गौतम उत्पादन प्रबन्धक रहेकी ‘राधा’मा परितोषिका सहित सर्जिका मिजार, आर्जु खरेल, अजय कार्की, हेमन्त खड्का, कृतिका बस्नेत, मिशेल घिमिरे, नविन शाही, प्रेमा गुरुङ, उदित थापा, युगल श्रेष्ठको अभिनय रहेको छ ।

१३ वर्षभन्दा माथिका उमेर समूहलाई लक्षित गरी निर्माण गरिएको नाटक ‘राधा’ , मंगलबार दिउँसो २ बजे र साँझ ६ बजे मञ्चन गरिने छ ।

तस्वीरहरु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved