काठमाडौं । काठमाडौं जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने एक महिलालाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् ।
काठमाडौं जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका छन् ।
केही दिनअघि अधिवक्ता समेत रहेकी नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेकी थिइन् ।
कर्मचारीले सीसीटीभी फुटेज हेरेर दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । थापाविरुद्ध पीडित भनिएका प्रहरी जवानले जाहेरी दिइसकेका छन् ।
यद्यपी ती महिलाले भने आफूलाई प्रहरीले मुक्का हानेर चोट पुर्याएको बताएकी छिन् । भोलिपल्ट प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिन घण्टौँ संघर्ष गर्दा पनि प्रहरीले जाहेरी दर्ता नमानेकाे आरोप लगाएकी छिन्। आफूलाई प्रहरीले अश्लील गाली गलौच गरेपछि प्रतिकार गर्न गएको पनि उनले भनेकी छिन् ।
Facebook Comment
Comment