विपद्‌मा कांग्रेस-एमालेले सरकारलाई काम गर्न दिएनन् : सांसद ढकाल

नेपालभ्युज

विपद्‌मा कांग्रेस-एमालेले सरकारलाई काम गर्न दिएनन् : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् ।

नयाँ सरकार आउँदैछ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरुलाई असहयोग गर भनेर भनेको उनको जिकिर थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपद्‌का यो बेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै कांग्रेस-एमालेप्रति आक्रोश व्यक्त गरे ।

साथै , उनले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषलाई पक्राउ गर्ने काम सरकारले गर्न सुरु गरेपछि नयाँ सत्तासमिकरण बनाएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved