कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध

नेपालभ्युज

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध
फाइल फोटो

कालीकोट । वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको पहिरो अझै पन्छाउन सकिएको छैन ।

यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

“केही ठाउँमा घर भत्किएको खबर आएको छ”,उनले भने, “बाढी पहिरोको जोखिम रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।” –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved