छोराको बिहेमा अम्बानीले दिए विनोद चौधरीलाई निम्तो

नेपालभ्युज

छोराको बिहेमा अम्बानीले दिए विनोद चौधरीलाई निम्तो

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको कान्छा छोरा अनन्तको विवाह १२ जुलाईमा मुम्बईमा हुँदैछ ।

तीन दिन लामो यो विवाहको दोस्रो दिन यही जुलाई १३ गते शुभ आशीर्वाद कार्यक्रमको आयोजना गरिएको छ, जसमा सबै पाहुनाले नवविवाहित जोडीलाई आशीर्वाद दिनेछन् ।

यसपछि जुलाई १४ मा रिसेप्शन हुनेछ, जसमा विश्वभरका भीभीआईपी अतिथिहरू सहभागी हुनेछन् । तीन दिनको यी कार्यक्रमहरू मुम्बईको जियो वर्ल्ड सेन्टरमा मात्र हुनेछन् ।

त्यसका लागि अहिले अम्बानी परिवारले विश्वभरका धनाढ्यहरूलाई निम्तो पठाइरहेको छ । अम्बानीले आफ्ना छोराको विवाहमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई पनि निमन्त्रणा दिएका छन्।

चौधरीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिँदै अम्बानीलाई धन्यवाद दिएका छन् । तर, विवाह समारोहमा चौधरी उपस्थित नहुने भएका छन् ।

‘बधाई छ, अनन्त र राधिका ! मुकेश दाई र नीता अम्बानी जीलाई तपाईंको छोराको विवाहमा दयालु रूपमा निम्तो दिनु भएकोमा हामी सम्मानित र कृतज्ञ छौं । मेरो छोरा वरूण र बुहारी अनुश्रीले यस खुशीको अवसरमा गर्वका साथ हाम्रो परिवारको प्रतिनिधित्व गर्नेछन्।’ चौधरीले भने ।

अनन्तको विवाहअघि संगीत समारोह सुरु भैसकेको छ । अन्तर्राष्ट्रिय गायक जस्टिन बिबरलेसमेत आएर प्रस्तुति दिइसकेका छन् ।

अनन्तको विवाह राधिका मर्चेन्टसँग हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved