बिगबोसमा लफडा : आफ्नी श्रीमतीलाई मन पराएपछि अरमानले हाने विशाललाई थप्पड

नेपालभ्युज

बिगबोसमा लफडा : आफ्नी श्रीमतीलाई मन पराएपछि अरमानले हाने विशाललाई थप्पड

एजेन्सी । बिग बोस ओटीटी ३ को घरमा आजकल नयाँ नयाँ नाटकीय घटना भइरहका छन् । युट्यूबर्स विशाल पान्डे र अरमान मलिकका बीच लडाईं चलिरहेको छ ।

हालै एक एपिसोडमा विशाल पान्डेले अरमान मलिककी दोस्री श्रीमती कृतिका मलिकको प्रसंशा गरिरहेको देखिए । लवकेश कटारियासँग कुराकानी गर्ने क्रममा विशालले आफूलाई केही भन्न मन लागिरहेको तर, क्यामरामा बोल्न नसक्ने बताए । त्यसपछि विशालले आफ्ना साथी कटारियाको कानमा भने, “म गिल्टी छु यो कुराका लागि, तर भाउजु अर्थात कृतिका मलिक राम्री लाग्छ ।”

कृतिका मलिकका लागि विशालको यो भनाई अरमानकी पहिलो श्रीमतीलाई मन परेन । उनले विकेन्ड का वारमा आएर विशालका यी सबै कुरा बताइन् र उनलाई जमेर गाली गरिन् । पायलको आरोपमा विशालले उनले गलत तरिकाले त्यसो नभनेको समेत भने जसका लागि उनले आफ्नी आमाको कसम समेत खाए ।

आफूमाथि लागेका आरोप सुनेर विशाल रुन थाले । त्यतिबेला अनिल कपूरले उनलाई भने कि यदि सोचाई गलत थिएन भने साथीको कानमा भन्नुपर्ने आवश्यकता किन थियो ? त्यहीँ श्रीमतीको बारेमा यो सबै कुरा सुनेपछि अरमान मलिक पनि भड्किए । उनले विशालसँग कृतिका एउटा बच्चाकी आमा भएको बताउँदै उनलाई यस्तो सोंच्न पनि लाज लाग्नुपर्ने बताए ।

झगडा यति बढ्दै गयो कि अरमान मलिकले विशालमाथि हात नै उठाए । विशाललाई थप्पड हानेको आरोपमा अरमान घरबाट बाहिर निस्किन्छन् वा निस्कँदैनन् यो त हेर्न बाँकी नै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved