सहकारी समितिले गर्‍यो गभर्नरसँग छलफल, के आयो सुझाव ?

नेपालभ्युज

सहकारी समितिले गर्‍यो गभर्नरसँग छलफल, के आयो सुझाव ?

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित केही जानकार व्यक्तिहरूसँग छलफल गरेको छ ।

समस्याग्रस्त सहकारीको समाधान कसरी गर्न सकिन्छ, सम्बन्धित सहकारीका बचतकर्ताहरूको बचत कसरी फिर्ता गर्न सकिन्छ भन्नेबारे छलफल गरेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

समितिले गभर्नर अधिकारीसहित नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टलगायतसँग छलफल गरेको थियो ।

“उहाँहरूले समग्रमा वित्तीय प्रणालीमा नै समस्या देखिएको बेला सहकारी क्षेत्रमा देखा परेको सङ्कटको प्रभावबारे महत्त्वपूर्ण सुझाव दिनुभयो,” सभापति थापाले भने, “गभर्नरज्यूले सहकारी बचतकर्तालाई १ लाख, ५ लाख र त्योभन्दा माथि गरी तीन चरणमा फिर्ता गर्न सकिने भनेर सुझाव दिनुभयो ।”

यस्तै समस्याग्रस्त सहकारीका सन्दर्भमा ‘विशेष टिम’को बनाउन सुझाव आएको सभापति थापाले बताए । “त्यसमा उहाँहरूले असीमित ढङ्गले बचत सङ्कलन गर्न दिइएको, सुपरिवेक्षण नगरिएकोलगायतका समस्याका कारण समस्या भयो भनेर निष्कर्ष निकाल्नुभयो,” सभापति थापाले भने, “त्यसका लागि विशेष टिम बनाएर काम गर्नुपर्ने सझाव आएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved