विष्णुमतीमा जलसतहले खतराको तह पार ग-यो, टेकु दोभानमा उच्च सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

विष्णुमतीमा जलसतहले खतराको तह पार ग-यो, टेकु दोभानमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान साढे ६ बजे जारी गरेको सूचना अनुसार जलसतह बढ्दो क्रममा रहेको छ ।

टेकुदोभान सम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सो क्षेत्रमा शनिबार पनि डुबान भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved