मधेस प्रदेशमा एचआईभी सङ्क्रमितको संख्या चार हजारभन्दा बढी

नेपालभ्युज

मधेस प्रदेशमा एचआईभी सङ्क्रमितको संख्या चार हजारभन्दा बढी

जनकपुर । मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

मधेस प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रूपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवम् वरिष्ठ भाइरोलोजिष्ट डा.श्रवणकुमार मिश्रले जानकारी दिए ।

उनले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको भूमिका महत्त्वपूर्ण हुने बताए । प्रदेश भर स्थापना भएका प्रयोगशालाबाट दीर्घ रोगको पहिचान तथा नियन्त्रण गरी प्रदेशवासीलाई स्वस्थ राख्ने अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved