यूरो २०२४ को विजेता र अन्य सहभागी टोलीले कति रकम पाउँछन् ?

यूरो २०२४ मा हरेक खेल जित्दा थप १० लाख यूरो पनि दिइन्छ । खेल बराबरीमा सकिएमा भने दुवै टोलीले ५-५ लाख यूरो पाउँछन् । यस्तै, टोलीले गरेको यात्राको आधारमा बोनस रकम बढ्दै जान्छ ।

नेपालभ्युज

यूरो २०२४ को विजेता र अन्य सहभागी टोलीले कति रकम पाउँछन् ?

काठमाडौं। यूरो २०२४ को सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागिसकेको छ। मंगलबार पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। बुधबार नेदरल्याण्ड्स र इङ्ल्याण्ड भिड्ने छन्।

यसैबीच विजेताले पाउने कुल पुरस्कार राशीको पनि चर्चा हुन थालेको छ। यूरो २०२४ मा प्रतिस्पर्धी सबै राष्ट्रलाई यूरोपेली फुटबल संघ यूइएफएले धनराशी दिन्छ ।

गत डिसेम्बरमा यूईएफएको कार्यकारी समितिले यूरो २०२० को प्रणालीलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । यूईएफएले कुल ३३१ मिलियन यूरो वितरण गर्नेछ । जसमध्ये सहभागी हरेक टोलीले ९.२५ मिलियन यूरो प्राप्त गर्नेछन्।

यूरो २०२४ मा हरेक खेल जित्दा थप १० लाख यूरो पनि दिइन्छ । खेल बराबरीमा सकिएमा भने दुवै टोलीले ५-५ लाख यूरो पाउँछन् । यस्तै, टोलीले गरेको यात्राको आधारमा थप बोनस पनि दिइन्छ ।

अन्तिम १६ सम्म पुग्ने सबै सहभागीले थप १५ लाख यूरो पाउँछन् । क्वार्टरफाइनलमा पुग्ने टोलीले थप २५ लाख यूरो प्राप्त गर्नेछन् ।

सेमिफाइनलसम्म पुग्ने टोलीको रकम उच्च हुँदै जान्छ । यहाँ पुग्ने टोलीले थप ४० लाख यूरो पाउँछ । यस्तै यूरो २०२४ को विजेताले थप ८० लाख यूरो प्राप्त गर्नेछ ।

सम्पूर्ण ३ समुहका खेल जितेर विजेता बन्ने टोलीले २ करोड ८० लाख यूरो रकम जित्न सक्ने छ । समूह चरणमा भएका हार र बराबरीले यो केही केही कम हुन सक्नेछ । तर, जति नै कम भए पनि विजेताले साढे २ करोड यूरोभन्दा धेरै रकम प्राप्त गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved