पहिरोमा परी स्याङ्जामा २ को मृत्यु, १ जना बेपत्ता

नेपालभ्युज

पहिरोमा परी स्याङ्जामा २ को मृत्यु, १ जना बेपत्ता
फाइल फोटो

काठमाडौं । स्याङ्जामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

विरुवा गाउँपालिका-६ लामाखेतस्थित  ईश्वरी लम्सालको घरमा शनिबार गएको  पहिरोमा पुरिएर  विरुवा-६ माझकोटकी ६५ वर्षीया गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोही घटनामा ७१ वर्षीय माधव शर्मा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको बताइएको छ ।

पहिरोमा परी घाइते भएका ५ जनाको भने उद्धार गरिएको प्रहरीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved