२३ किलो तौल घटाएर नेहा धुपियाले गरिन् गजबको परिवर्तन

नेपालभ्युज

२३ किलो तौल घटाएर नेहा धुपियाले गरिन् गजबको परिवर्तन

एजेन्सी । बलिउड अभिनेत्री नेहा धुपिया स्पष्ट विचारका लागि चर्चामा रहने गर्छिन् । दुई बच्चाको आमा बनेसँगै नेहा धुपियाको तौल एकदमै बढेको थियो । जसलाई लिएर उनलाई समय समयमा ट्रोल पनि गरिन्थ्यो ।

अहिले यी अभिनेत्रीले तौल कम गरेर आलोचकको मुख बन्द गरिदिएकी छन् । मैले आफ्ना दुवै बच्चालाई दुध खुवाएँ जसले गर्दा तौल बढ्दै गयो । उनले भनिन्, “अब भने मैले २३ किलो तौल कम गरिसकेकी छु ।”

उनले चिनी, तारेको खानेकुरा तथा ग्लुटेन बन्द गरेकी छन् । अहिले उनको स्वास्थ्यका साथै काममा पनि राम्रो परिवर्तन आएको छ ।

नेहाको भनाईअनुसार उनले साँझको खाना ७ बजेभित्र खाइसक्छिन् । उनले खानपानलाई अनुशासनमा राखेपछि आफ्नो तौल कम हुँदै गएको बताइन् । सही खानपानले तौल नियन्त्रण हुनुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने नेहाको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved