एजेन्सी । वर्षात्को मौसम एकदमै सुन्दर हुन्छ । यतिबेला जता पनि हरियाली बोटविरुवा देख्न पाइन्छ । यस्तोमा घर तथा फूलबारी सुन्दर बनाउन केही सुन्दर फूल लगाउन सकिन्छ ।
आउनुहोस्, वर्षातको मौसममा कस्ता फूल लगाउन उपयुक्त हुन्छ भन्नेबारे जानौं-
सयपत्री
सयपत्री फूल पूजापाठ तथा चाडपर्वमा अत्यधिक प्रयोग गरिन्छ । यसलाई वर्षातको मौसममा पनि लगाउन सकिन्छ । यसले तपाईंको फूलबारी अझै सुन्दर बनाउनेछ।
सूर्यमुखी
फूलबारीको शोभा बढाउन तपाईं सूर्यमुखीको बिरुवा पनि लगाउन सक्नुहुन्छ । यसको बीज विशेषगरी वैशाख जेठमा लगाइन्छ । यो एकदमै सुन्दर देखिन्छ ।
चमेली फूल
चमेली फूलको सुगन्धले तपाईंको मनलाई शान्त बनाउनेछ । यसलाई तपाईं फूलबारी तथा गमलामा पनि लगाउन सक्नुहुन्छ । विशेषगरी यो वर्षातको समयमा पनि लगाउन सकिन्छ ।
घन्टी फूल
घन्टी फूललाई पनि फूलबारीमा लगाउन सकिन्छ । यी विभिन्न रंगका पाइन्छन् । यो वर्षातको मौसममा एकदमै धेरै फूल्ने फूल मानिन्छ ।
सुगन्धराज
नाम जसरी नै यसको सुगन्ध पनि एकदमै शानदार हुन्छ । यसलाई वर्षात्को मौसममा लगाउन सकिन्छ । यसको फूल पनि एकदमै सुन्दर देखिन्छ ।
रेन लिली
यो बिरुवालाई पनि वर्षात्मा लगाउने गरिन्छ । यो एकदमै तीव्र गतिमा बढ्छ । यसका फूल गुलाबी, सेतो र पहेंलो रंगका हुन्छन् । यसलाई घरभित्र वा बाहिर लगाउन सकिन्छ ।
Facebook Comment
Comment