डुबानमा पर्‍यो टेकु, यूएन पार्क क्षेत्र (तस्वीरहरू)

डुबानमा पर्‍यो टेकु, यूएन पार्क क्षेत्र (तस्वीरहरू)

काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।

टेकु, यूएन पार्क आसपासका क्षेत्रहरू डुबानमा परेको छ । बागमती र विष्णुमती नदीको दोभान रहेका कारण पनि उक्त क्षेत्रमा पानीको बहाव उच्च रहेको छ ।

बल्खुमा तरकारी बजार पनि डुबानमा परेको छ।  यता, वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved