पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

नेपालभ्युज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
फाइल फोटो

सुर्खेत । निरन्तरको वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कालिकोट सडकखण्डको हुल्म र गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

दहिखोला र गगनेखोलामा ठूलो पहिरो आएका कारणले खुलाउनका लागि केही समय लाग्ने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी विरबहादुर ओलीले जानकारी दिए ।

अहिले राजमार्गका खुलाउनका लागि मेसिन प्रयोग भइरहेको तर, गगनेखोलामा निरन्तर पहिरो गएका कारणले खुलाउन केही समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved