जुम्लामा अत्याधुनिक हतियारसहित आठ जना पक्राउ, यार्सागुम्बा लुटेरा रहेको आशंका

जुम्लामा अत्याधुनिक हतियारसहित आठ जना पक्राउ, यार्सागुम्बा लुटेरा रहेको आशंका

सुर्खेत । अत्याधुनिक हतियारसहित जुम्लामा आठ जना पक्राउ परेका छन् । पातारासी गाउँपालिका–३ महरीगाउँको चने लेख नजिककै पाटनबाट अत्याधुनिक हतियारसहित आठ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पातारासीका नवराज बुढा, धनप्रसाद भण्डारी, पुर्णप्रसाद भण्डारी, राम अधिकारी, मानबहादुर बुढा, कमल थापा, वीरबल बोहरा र पशे गणेश भण्डारी छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली, मुगु जिल्ला प्रहरी कार्यालय र जुम्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, कटुवा पेस्तोल १ थान, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको ड्रेस, केटीले लगाउने कालो सल १ ब्रूस लको ट्रेकिङ झोला बरामद गरिएको छ ।

गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले घरमा लुटपाट गरेका थिए ।

उक्त समूहले दुईवटा आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेका थिए । त्यसपछि प्रहरीले लुटेराहरूको खोजी जारी राखेको थियो ।

साथै, विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लामा यार्सागुम्बा लुटपाट हुँदै आए पनि अहिलेसम्म त्यो समूह पक्राउ पर्न सकेको थिएनन् । अहिले पक्राउ परेको समूहमाथि त्यही हो की भनेर प्रहरीले आशंका गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved