माफी माग्दै ऋषि सुनकले दिए प्रधानमन्त्रीबाट राजीनामा

नेपालभ्युज

माफी माग्दै ऋषि सुनकले दिए प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिट बाहिर राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले पार्टीको पछिल्लो केही दशकयताकै खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी मागेका छन् । उनले भने, ‘हारको जिम्मेवारी म लिन्छु ।’

सुनकले कन्जरभेटिभ पार्टीले आफ्नो १४ वर्षको शासनकालमा हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै बेलायत सन् २०१० भन्दा बढी समृद्ध र स्वच्छ भएको बताए ।

को हुन् बेलायतका भावी प्रधानमन्त्री स्टार्मर ?

सुनकले आफ्ना प्रतिद्वन्द्वी र बेलायतका आगामी प्रधानमन्त्री कैर स्टार्मरको पनि प्रशंसा गरेका छन् । उनले स्टार्मरको सफलतालाई सिंगो देशले बाँड्ने बताए ।

साथै, बकिङ्घम प्यालेसले सुनकको राजीनामा स्वीकृत भएको जानकारी दिएको छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

आम निर्वाचनमा लेबर पार्टीले ४१२ सिट प्राप्त गरेको छ । संसद्‌मा बहुमतका लागि ३२६ सिट चाहिन्छ ।

‘मैले स्टार्मरलाई पनि फोन गरेँ र उहाँलाई जितको लागि बधाई दिएँ । आज शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुनेछ । सबै दलबीच एकता थियो । यी सबै चीजहरूको कारणले गर्दा हामी सबै हाम्रो देशको स्थिरता र भविष्यको बारेमा विश्वस्त हुनुपर्छ।’ उनले भने ।

कन्जरभेटिभ नेता ऋषि सुनक बेलायतका पहिलो भारतीय मूलका हुन्। ४४ वर्षीय सुनक १० डाउनिङ स्ट्रिट पुग्ने सबैभन्दा कान्छो व्यक्ति हुन्।

सन् २०२२ को जुलाईमा कन्जरभेटिभ पार्टीमा राजीनामाको लहर चलिरहेको बेला तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनपछि अर्थमन्त्री पदबाट सुनकले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए ।

लिज ट्रसले बोरिस जोनसनलाई प्रतिस्थापन गरेकी थिइन् । तर, ट्रसले ४५ दिनमै प्रधानमन्त्रीबाट राजीनामा दिइन् ।

निर्वाचनअघि कन्जरभेटिभ पार्टीले सुनकलाई प्रधानमन्त्री बनाएर उम्मेदवार बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved