५० लाख नगद र १७० ग्राम सुनसहित भारतीय र नेपाली ५ जना पक्राउ

नेपालभ्युज

५० लाख नगद र १७० ग्राम सुनसहित भारतीय र नेपाली ५ जना पक्राउ

काठमाडौं । ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीनजना भारतीय र दुईजना नेपाली छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको निर्माणाधीन घरमा शङ्कास्पद कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा सुन र रकम बरामद भएको हो ।

प्रहरी वृत्त सातदोबाटोको टोलीले भारत महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेल बस्ने २८ बर्षका युवराज विभुते, सोही स्थानका विक्रम यलवर, अभिषेख विभुते तथा भक्तपुर सूर्यविनायक बिरुवा बस्ने सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी ८ बस्ने यसवन्त सुनारलाई पक्राउ गरेको हो ।

उनीहरूसँगै सुनजस्तो देखिने पहेँलो धातु १६९.९७० ग्राम, चाँदीजस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु एक थान तथा विभिन्न कम्पनीका मोबाइल ७ थान पनि प्रहरीले बरामद गरेको छ ।

साथै हार्डडिक्स, मिककार्ड तथा बैंक भौचरसहित ५० लाख चार हजार नगद र सुन पगाल्ने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved