५० वटा युक्रनी ड्रोन नष्ट गरेको रुसको दाबी

नेपालभ्युज

५० वटा युक्रनी ड्रोन नष्ट गरेको रुसको दाबी

काठमाडौं । रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयले रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रुसले कब्जा गरेको दाबी गरेको छ ।

वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा १० वटा युएभी नष्ट गरेको टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रुसले जापोरिझिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेता पनि, यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गररेको छैन । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved