प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बनायो आठ रेकर्ड

नेपालभ्युज

प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बनायो आठ रेकर्ड

एजेन्सी । प्रभासको फिल्म ‘कल्की’ले रिलीज भएसँगै तहल्का मच्चाइरहेको  छ। फिल्मले केही दिनमै धेरै रेकर्ड पनि बनाएको छ ।

‘कल्की २८९८ एडी’ बुक माइ शो मा ‘केजीएफ २’ भन्दा धेरै टिकट बेच्ने फिल्म बनेको छ ।

कल्कीले पहिलो हप्ता संसारभरमा ५५५ करोड भारतीय रुपैयाँ कमाएर शाहरुख खानको ‘जवान’लाई पछारेको छ ।

प्रभास अभिनित यस फिल्मले विकेन्डमा अहिलेसम्म सबैभन्दा धेरै कमाई गर्ने फिल्मको कीर्तिमान पनि बनाएको छ ।

यो फिल्म क्यानडामा पनि सबैभन्दा धेरै संकलन गर्ने तेलुगु फिल्म बनेको छ ।

त्यस्तै कल्कीले मलेशियामा ‘सालार’ को कलेक्सन रेकर्ड तोडेको छ । अर्को देश जर्मनीमा पनि यसले आरआरआर, साहो, केजीएफ २ जस्ता फिल्मको रेकर्ड तोडिसकेको छ ।

कल्की पहिलो विकेन्डमा नै अमेरिकामा सबैभन्दा धेरै कमाई गर्ने भारतीय फिल्म बनेको छ ।

त्यस्तै प्रदर्शनमा आएको तेस्रो दिनमै सबैभन्दा धेरै कमाई गर्ने भारतीय फिल्म पनि कल्की नै बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved