वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल

नेपालभ्युज

वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्‌को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्ने उनको भनाइ छ । नेपालले पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए ।

सबै राजनीतिक दलहरुले संसद्‌लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने उनी बताउँछन् ।

साथै, उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved