राई नेतृत्वको जसपाले पनि सरकार छाड्दै, नयाँ सरकारलाई समर्थन गर्ने

नेपालभ्युज

राई नेतृत्वको जसपाले पनि सरकार छाड्दै, नयाँ सरकारलाई समर्थन गर्ने

काठमाडौं । अशोक राई नेतृत्वको जसपाले आज सरकार छाड्ने भएको छ ।

प्रचण्ड सरकार अल्पमतमा परेसँगै जसपाले पनि सरकार छाड्ने भएको हो ।

जसपाबाट सरकारमा सहभागी दुई मन्त्रीले प्रधानमन्त्रीलाई आजै राजीनामा बुझाउने महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

उनका अनुसार आज पार्टीको बैठक बसेर सरकारबाट मन्त्री फिर्ता बोलाउने औपचारिक निर्णय हुनेछ ।

जसपाले नयाँ बन्ने सरकारलाई समर्थन गर्ने बताएको छ ।

जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नवलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved