निलेर ल्याएको १ किलो २४७ ग्राम कोकिनसहित २ जना विदेशी पक्राउ

नेपालभ्युज

निलेर ल्याएको १ किलो २४७ ग्राम कोकिनसहित २ जना विदेशी पक्राउ

काठमाडौं । पेटमा निलेर ल्याएको एक किलो २४७ ग्राम कोकिनसहित दुई तान्जिनियन नागरिकलाई पक्राउ गरेको छ । बरामद कोकिनको अन्तर्राष्ट्रिय अवैध बजार मूल्य करिब ४ करोड ७३ हुने छ ।

कतार एयरबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका रमाधानी सिम्बा मवाबुमा र तलिब किपेभु पसुवालाई लागुऔषध नियन्त्रण ब्यूरोले ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूले कोकिन लुकाइएको ७२ वटा प्लाष्टिक कोटेड क्याप्सुल निलेर आएका थिए । उक्त क्याप्सुल इथियोपियाको अदिस अबाबाबाट निलेर नेपाल आएका थिए ।

शौचमार्फत कोकिन निकालेर बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी ब्यूरोका प्रवक्ता एसपी रामेश्वर कार्कीले दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved