अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर सिवाकोटी बलात्कार मुद्दामा जेल चलान

नेपालभ्युज

अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर सिवाकोटी बलात्कार मुद्दामा जेल चलान

काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर सिवाकोटी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको हो ।

आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप उनीमाथि थियो । २३ जेठमा पक्राउ परेका थिए ।

शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको  मुद्दा दायर गरेको थियो ।

बालिकालाई  काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।
बालिकाको बयानलगत्तै स्वयम्भु प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved