मुकुलको प्रस्ताव : केन्द्रीय समितिले नै केटी खोजेर योसँग बिहे गर भन्छ भने तयार छु

नेपालभ्युज

मुकुलको प्रस्ताव : केन्द्रीय समितिले नै केटी खोजेर योसँग बिहे गर भन्छ भने तयार छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गर्लफ्रेन्ड विवाद उठाइएको भन्दै असन्तुष्टि पोखेका छन् ।

सभापति रवि लामिछानेले पेस गर्न नदिएको प्रतिवेदनमा उनले आफू समानुपातिक सांसदमा नगएर अरूलाई पठाउँदा नकारात्मक सोचिएको भन्दै आक्रोश पोखेका हुन् ।

मङ्गलबार बसेको सचिवालय बैठकले समीक्षा प्रतिवेदनका आधारमा महामन्त्री ढकालले बनाएको प्रस्ताव केन्द्रीय बैठकमा पेस गर्न दिने निर्णय गरेको थियो । तर, बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले प्रतिवेदन पेस गर्न पाएनन् ।

प्रस्तावमा उनले  आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने भन्दै महामन्त्री ढकालले ‘बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् ’ भनेका छन् ।

यस्तो छ महामन्त्री ढकालको प्रतिवेदनमा उल्लेखित एक अंश

गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ ।

तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस् । देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । म जान पाइन, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।

यस्तो छ महामन्त्री मुकुललाई सभापति रविले बैठकमा पेस गर्न नदिएको प्रस्ताव (पूर्णपाठ)

मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् । पार्टीका केही नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ । जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन ? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार  पार्टीको नीति अरूका लागी मात्र बन्ने हो कि आफ्ना लागी पनि ? नेताहरू सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन ?

आफ्नो इच्छा अनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो ? नीति बनाएपछौँ पालना गर्न तयार छौँ ? नेताको आचरण निर्धारण गरी पालना गर्न सबै जना तयार हुन्छन् भने खुशी हुन्छु । नत्र पनि मेरा लागी मात्र भए पनि नीति बनाइयोस् । देश छोडेर जा, देशको हित हन्छ भन्नुहुन्छ भने पनि गइदिन्छु । राजनीति छोड् देशको हित हन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठिक हुन्छ, मैले के गर्दा ठिक हुनेछ, तपाईँहरू भनिदिनुहोस् ।

मुकुलको मुखमा चुकुल, कांग्रेसले बैठक लाइभ गर्दा रास्वपाले किन सकेन ?

सभापतिले लिखित प्रस्ताव पेस गर्ने अनुमति दिनुभएन : महामन्त्री ढकाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved