काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सभापति रवि लामिछानेले प्रतिवदेन पेस गर्न दिएका छैनन् ।
मङ्गलबार बसेको सचिवालय बैठकले समीक्षा प्रतिवेदनका आधारमा महामन्त्री ढकालले बनाएको प्रस्ताव केन्द्रीय बैठकमा पेश गर्न दिने निर्णय गरेको थियो । तर, बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले प्रतिवेदन पेस गर्न पाएनन् ।
“हिजो बसेको पार्टीको सचिवालय बैठकले मलाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदनका आधारमा बनेको प्रस्ताव पेस गर्ने अनुमति दिने निर्णय गरेको थियो तर, आज सभापतिले अनुमति दिनुभएन,” महामन्त्री ढकालले भने ।
महामन्त्री ढकालले ३८ जिल्ला पुगी त्यहाँका नेता/कार्यकर्ताहरूसँग संवाद गरी ३२ पन्ने ११ बुँदे समीक्षा प्रतिवेदन तयार पारेका थिए । त्यसपछि उक्त प्रतिवदेनका आधारमा केन्द्रीय समिति बैठकमा पेस गर्न एउटा प्रस्ताव तयार गरेका थिए । तर, केन्द्रीय समिति बैठकमा पेस गर्न पाएनन् ।
६ पृष्ठ लामो प्रस्तावमा आफूलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोध्न नमिल्ने जिकिरसमेत गरेका छन् ।
महामन्त्री ढकालले बैठक लाइभ गर्नसमेत माग गरेका थिए तर, बैठक लाइभ भएन । यसपछि उनी मुखमा कालो टेप लगाएर सहभागी भएका थिए ।
मुकुलको प्रस्ताव : केन्द्रीय समितिले नै केटी खोजेर योसँग बिहे गर भन्छ भने तयार छु
मुकुलको मुखमा चुकुल, कांग्रेसले बैठक लाइभ गर्दा रास्वपाले किन सकेन ?
सभापतिले लिखित प्रस्ताव पेस गर्ने अनुमति दिनुभएन : महामन्त्री ढकाल
Facebook Comment
Comment