काठमाडौंको सोह्रखुट्टेमा सडक भाँसियो, ठूलो भ्वाङ्ग परेपछि यातायात रोकियो

नेपालभ्युज

काठमाडौंको सोह्रखुट्टेमा सडक भाँसियो, ठूलो भ्वाङ्ग परेपछि यातायात रोकियो

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जमिन भासिँदा मध्य सडकमा ठूलो खाल्डो बनेको छ ।

सडक भासिँदा बीच सडकमा इनार जस्तो खाल्डो बनेको हो ।

बिहान साढे ५ बजेतिर ठुलो आवाजका साथ सडक भाँसिएर पानी निस्किएको स्थानीयले बताए । सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो ।

नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि बनेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

पानीको मूल फुटेर सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ ।

सडक भासिएपछि सो खण्डमा यातायात आवागमन रोकिएको छ । पानी रोकिन साथ ग्राभेल गरेर सडकलाई सञ्चालन गर्ने तयारी गरिएको वडाअध्यक्ष पुष्प महर्जनले जानकारी दिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved