ग्यासको समस्याबाट राहत पाउने घरेलु उपाए

नेपालभ्युज

ग्यासको समस्याबाट राहत पाउने घरेलु उपाए

एजेन्सी । प्रायः खानपान, निद्रा र जीवनशैलीमा हुने गडबडीको कारणले पेट सम्बन्धी समस्या हुन थाल्छन् । जसमा ग्यास बन्नु एउटा आम समस्या हो ।

यसको कारणले पेट दुख्ने, वान्ता आउने जस्ता लक्षण देखिन्छन् । यसबाट छुट्कारा पाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

पेटमा ग्यास धेरै कारणले बन्न सक्छ । यो धेरैजसो लामो समयसम्म खाली पेट रहने कारणले गर्दा हुन्छ । बाहिरको खाना धेरै खाने र कसरत नगर्ने अवस्थामा पनि पेटमा समस्या आउन सक्छ ।

बिहानको समयमा मनतातो पानी पिउँदा ग्यास तथा अपचको समस्यामा फाइदा गर्छ । ग्यास बनिरहन्छ भने एक चिम्टी हिंग खान सक्नुहुन्छ । यसले ग्यासको समस्यामा राहत दिन्छ ।

कागती पानीको सेवनले पनि ग्यासको समस्या कम गर्छ । यसमा हुने एन्टी इन्फ्लामेटरी गुण पेटको समस्यामा उपयोगी हुन्छ ।

ग्यासको समस्याबाट राहत पाउन ज्वानो खानु पनि एकदमै फाइदाजनक मानिन्छ । यसलाई तपाईं पानीसँग पनि खान सक्नुहुन्छ ।

मोही पिएर पनि तपाईं पेटलाई सितल बनाउन सक्नुहुन्छ । मोहीमा ल्याक्टिक एसिड हुन्छ जसले ग्यासको समस्याबाट तुरुन्त राहत दिन्छ । यसमा कालो मरिचको धुलो राखेर पनि पिउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved