नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा दुई भारतीय पक्राउ

नेपालभ्युज

नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा दुई भारतीय पक्राउ

परासी । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पकाउ पर्नेमा मुम्बईका २४ वर्षीय निर्सग रविन्द्र राणे र सोही स्थानका ३७ वर्षीय जावेद मसिह रहेका छन् ।    ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासमा  दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ल्यापटप, भारतीय आधार कार्ड, भारतीय बैंकको चेकबुक र डेबिट कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति र सामान आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवललाई बुझाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved