संविधान संशोधनका लागि दुई दलबीच यस्तो छ गृहकार्य

नेपालभ्युज

संविधान संशोधनका लागि दुई दलबीच यस्तो छ गृहकार्य
कल्याण श्रेष्ठ

काठमाडौं । कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा आयोग बनाउने सहमति भएको भएको छ ।

सरकार गठनसँगै संविधान संशोधनका लागि श्रेष्ठको संयोजकत्वमा आयोग बनाउन दुई नेताबीच सहमति भएको हो ।

कांग्रेस र एमाले संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर नयाँ गठबन्धन गर्नु परेको बताएका छन् ।

प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा मात्र समानुपातिक व्यवस्था गर्ने, प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने, प्रदेशको संख्यामा पनि पुनरावलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयमा आयोगले सरकारलाई सुझाव दिने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved