देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन : सांसद सापकोटा

नेपालभ्युज

देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन : सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरूबिच भेट हुनासाथ सत्ता समिकरण नफेरिने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले)का शिर्ष नेताहरूको भेट हुनासाथ सत्ता समिकरण उलटफेर नहुने बताएका हुन् ।

सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने उनी बताउँछन् ।

सापकोटाले नेताहरू भेट हुनासाथ सत्ता समिकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए । साथै, सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved